तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी छेडागाडलाई, दोस्रो नलगाड
  • विदुर न्युज

जाजरकोट । १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी छेडागाड नगरपालिकाले जितेको छ । भेरी नगरपालिकाको वडा १३ कुदुस्थित भगवती माद्यामिक विद्यालयमा सञ्चालन गरिएको रनिङ्ग शिल्डको उपाधी छेडागाडले जितेको छ । ८ स्वर्ण, ९ रजत, ९ कास्य गरी जम्मा २२ पदक जितेर शिल्ड उचालेको हो ।

यस्तै रनिङ्ग शिल्डमा दोस्रो स्थान नलगाड नगरपालिकाले प्राप्त गरेको छ । उसले ७ स्वर्ण, ७ रजत, ७ कास्य गरी २१ पदक जितेर दोस्रो स्थान प्राप्त गरेको छ । यस्तै तेस्रो स्थान भेरी नगरपालिकाले प्राप्त गरेको छ । ६ स्वर्ण, ३ रजत, ९ कास्य गरी जम्मा १८ पदक जितेको हो ।

May be an image of 5 people, people standing and outdoors

फागुन १६ गते सुरु भएको रनिङ्ग प्रतियोगिता निकै सानदार तरिकारले सम्पन्न भएको जिल्ला खेलकुद विकास समिति जाजरकोटका प्रमुख जयप्रसाद आचार्यले जानकारी दिए । जिल्लाका सबैपालिकाको खेल प्रर्दशन रहेकोले यहाँ बाट नयाँ सिकाई भएको समेत आचार्यले बताए । जिल्लाका स्थानीय तहहरुले खेल क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

  • १९ फाल्गुन २०७९, शुक्रबार १८:१७ प्रकाशित
  • सम्बन्धित