जाजरकोटी यूवाले राखे वर्ल्ड रेकर्ड, १० दिनमा पैदल दिल्ली देखि काठमाण्डौं
  • विदुर न्युज

जाजरकोट । जाजरकोटी एक यूवाले गिनिज बुक अफ वर्ल्ड  रेकर्डमा नाम लेखाउन सफल भएका छन् । भेरी नगरपालिका ११ का यूवा अमृत बस्नेतले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका हुन् । भारतको राजधानी दिल्ली देखि नेपालको राजधानी काठमाण्डौं सम्म खाली खुट्टा १० दिनमा पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका हुन् ।

‘इन्डो नेपाल जि टुजी रन २०२३ रन फर इन्डो नेपाल फ्रन्डशिप’ दौड इभेन्ट अन्तर्गत बस्नेत दौडिएका थिए । यसभन्दा अघि कुनै पनि व्यक्ति एक देशको राजधानी बाट अर्काे देशको राजधानी सम्म खाली खुट्टा हिडेका र दश दिनमा पुगेका छैनन् । उनी नै पहिलो हुन् । उनको नाम अब गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखिनेछ ।

No description available.

  • १९ फाल्गुन २०७९, शुक्रबार १७:१४ प्रकाशित
  • सम्बन्धित