लिग-२ : सन्दीपको सशक्त प्रदर्शनका वावजुद नेपाल ६८ रनले पराजित
  • विदुर न्युज

युएईको दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको विश्वकप छनोट लिग-२ को आजको खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ।

खेलमा युएईले नेपाललाई जितका लागि दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर १ बल खेल्न बाँकी रहँदै १३९ रनमात्र बनाएर अल आउट भयो।​

युएईले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो।

नेपालका लागि सन्दीप लामिछानेले बलिङ र ब्याटिङ दुवैमा गतिलो प्रदर्शन गरे पनि नेपालले खेल जित्न सकेन। उनले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए।

अन्तिम विकेटका रुपमा मैदानमा उत्रिएका उनले २४ बल खेलेर ४ चौकाको सहायताले २६ रनमा अविजित रहे। उनले अन्तिममा आएर राम्रो ब्याटिङ गरे पनि नेपाललाई जित दिलाउन पर्याप्त भएन।

नेपालका लागि सर्वाधिक ६० रन कुशल मल्लले जोडे। उनले अर्धशतकीय पालीमा ५३ बलको सामना गरी १ छक्का र ९ चौका प्रहार गरे। एक छेउबाट नेपालको विकेट लगातार खसिरहँदा अर्को छेउमा भने कुशल मल्लले सम्हालिरहे।

​ज्ञानेन्द्र मल्ल‚ कप्तान रोहित पौडेल र आरिफ शेख तीनैजनाले कुनै रन बनाउन सकेनन्। नेपालका लागि कुशल मल्ल‚ आसिफ शेख र सन्दीप लामिछानेबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको शुरुवात खराब रह्यो। नेपालका लागि ओपनिङमा आएका कुशल भूर्तेल मात्र ६ बलको सामना गरेर व्यक्तिगत ५ रन जोडेर कुल स्कोर १२ रनमा आउट भए। उनी दोस्रो ओभरमै आउट भएका थिए।

यसपछि क्रिजमा आएका ब्याटर ज्ञानेन्द्र मल्ल पनि जम्मा ६ बलमात्र खेलेर तेस्रो ओभरमै डक आउट भए। उनी आउट हुँदा नेपालको कुल स्कोर १५ रनमात्र थियो।

ज्ञानेन्द्र आउट भएपछि नेपालको ब्याटिङ सम्हाल्न आएका कप्तान रोहित पौडेल पनि तेस्रो ओभरमा नै मात्र २ बलको सामना गरेर शून्यमा नै आउट भएपछि नेपालसामु संकट उत्पन्न भयो। रोहित आउट हुँदा नेपालको कुल स्कोर १७ रनमात्र थियो।

यसपछि नवौं ओभरमा अर्का ओपनर आसिफ शेख पनि कुल स्कोर ५४ रन हुँदा व्यक्तिगत १७ रन बनाएर आउट भए।

नेपालको स्कोर ६५ रहेका वेला १२ औं ओभरमा आरिफ शेख पनि १० बल खेलेर डक आउट भए। यति वेलासम्म १२ ओभरमा नेपालले ५ विकेटको क्षतिमा जम्मा ६५ रनमात्र बनाएको थियो।

नेपालको कुल स्कोर ९३ रहेका वेला एक छेउमा ’वाल’ बनेर ५३ बलमा ६० रन बनाएका कुशल मल्ल १९ औं ओभरको पहिलो बलमै आउट भए।

उनी आउट भए लगत्तै अर्को ओभरमा दीपेन्द्रसि्ह ऐरी २३ बलमा जम्मा ७ रनमात्र बनाएर बोल्ड हुन पुगे। यति वेला नेपालले जम्मा ९९ रनको स्कोरमा ७ विकेट गुमाउन पुग्यो।

नेपालको स्कोर १०७ रन हुँदा ८औं विकेटका रुपमा सोमपाल कामी पनि आउट भए। उनले २४औं ओभरमा उनी आउट हुनुअघि १३ बल खेलेर जम्मा ४ रनमात्र जोड्न सके।

कुल स्कोर १०७ रन हुँदा नै २५औं ओभरमा गुल्शल झाका रुपमा नेपालको नवौं विकेट खस्यो। उनले १८ बल खेलेर ४ रन बनाए।

नेपालको अन्तिम विकेटका रुपमा करण केसी आउट भए। कुल स्कोर १३९ रन हुँदा उनी २० बलको सामना गरी ५ रन बनाएर आउट भए।

युएईका रोहन मुस्तफा र कार्थिक मेयप्पनले ३/३ विकेट लिए। जुनैद सिद्दिकीले २ तथा साबिर अली र जहुर खानले १/१ विकेट लिए।

नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि युएई पहिले ब्याटिङ गर्न मैदानमा उत्रिएको थियो। ​उसका लागि ओपनर आसिफ खानले ९९ बलमा ७२ रन बनाउँदा ५ चौका र ३ छक्का प्रहार गरे।

रोहन मुस्तफाले ७६ बलमा अविजित ५२ रनको अर्धशतकीय पाली खेले भने आर्यन लाक्राले २८ रन बनाए। कप्तान सिपी रिजवानले २२ र वृत्य अरबिन्द १८ रन बनाएर आउट भए।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए। करण केसी, कुशल मल्ल र आरिफ शेखले १/१ विकेट लिए।

यो शृंखलामा दुवै टोलीको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई पराजित गरेको थियो। तर ​पपुवा न्युगिनीले भने युएईलाई १३१ रनको ठूलो अन्तरले पराजित गरेको थियो।

सन् २०१९ देखि शुरु भएको विश्वकप लिग-२ का शृंखलामा नेपालले विदेशमा खेल्ने यो अन्तिम त्रिकोणात्मक शृंखला हो।

यो शृंखलापछिका बाँकी सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ। पिएनजीमा खेलिनुपर्ने यो शृंखला मैदान ठिक

  • १८ फाल्गुन २०७९, बिहीबार १९:०२ प्रकाशित
  • सम्बन्धित