काठ्माण्डौं ।
सहिद तथा वेपत्ता योद्धा सन्तति फउण्डेसनको दोस्रो साधारण सभा काठ्माण्डौंमा हुने भएको छ । राष्ट्रिय सहिद तथा बेपत्ता स्मारक काठ्माण्डौंको गोकर्ण स्थित जगडोलमा हुने भएको हो । फागुन १ गते जनयुद्ध दिवसको अवसर पारि यो कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रममा माओवादी आन्दोलनका सबै घटकका शिर्ष नेतृत्वहरुबाट सम्बोधन हुने छ ।
साधारण सभा कार्यक्रममा देशभरका विभिन्न जिल्लाबाट १० बर्षे जनयुद्धमा साहदत प्राप्त गरेका तथा बेपत्ता पारिएका महान व्यक्तिका सन्ततिहरुको उपस्थिति रहने फाउण्डेसनका महासचिब अटल आचार्यले जानकारी दिएका छन् । साधारण सभाबाट फउण्डेसनको नयाँ नेतृत्व चयन हुने आचार्यले बताएका छन् । कार्यक्रमको अन्तिम तयारी भइसकेको आचार्यले जानकारी गराएका छन् ।