सुर्खेत ।
बसले ठक्कर दिदिा सुर्खेतमा एक जनाको मृत्यु भएको छ ।
आइतवार दिउँसो करिब २ः३० बजे बुलबुलेतर्फबाट बसपार्क आउँदै गरेको बा ४ ख ८०६१ नम्बरको बसले नाम र ठेगाना नखुलेकी अन्दाजी ६५ वर्षिय महिलालाई ठक्कर दिएको थियो । ठक्कर दिए लगत्तै उनलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । वृद्धाको उपचारका क्रममा दिउँसो पौने तीन बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनाको कारण भने खुलेको छैन । बसलाई नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।