वडाले ग¥यो विपन्न परिवारलाई निशुल्क बिमा
  • विदुर न्युज

जाजरकोट ।
जाजरकोट जिल्ला भेरी नगरपालिकाको वडा नम्बर १० ले वडामा रहेका विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमा गरिदिएको छ ।

वडाका गरिब तथा विपन्न परिवारका लागि करिब ५ लाख बराबरको स्वास्थ्य बिमा गरिदिएको वडा अध्यक्ष दल बहादुर रानाले बताए । रानाका अनुसार पैसा नभएका कारण उपचार गर्नबाट कुनै पनि नगरिक बञ्चित हुन नपरोस भनेर स्वास्थ्य बिमाका लागि बजेट छुट्याइएको हो । वडा बिरामी भए केही पैसा राहत दिन प¥यो भन्दै जनता आउने भएका कारण यसको समाधान स्वास्थ्य बिमा हुने भएकाले यो काम गरिएको रानाको भनाई छ ।

वडा कार्यालयबाट गरिने स्वास्थ्य बिमाबाट करिब १३५ घरका ६७५ जनाले लाभ लिने छन् । परिवार चलाउनै धौँधौँ हुने कयौँ विपन्न परिवारले राहत पाउने वडा अध्यक्षको भनाइ छ । वडाका ६७५ जना विपन्न परिवारले अब निशुल्क स्वास्थ्य उपचार पाउने छन् । अर्काे पटक पनि अझ धेरै परिवारको लागि स्वास्थ्य बिमा गर्न बजेट छुट्याउने अध्यक्ष रानाले प्रतिबद्धता गरेका छन् । १० नम्बर वडा विपन्न परिवारलाई स्वास्थ्य बिमा गरिदिने जाजरकोटै पहिलो वडा बनेको छ ।

  • २७ माघ २०७९, शुक्रबार २०:२८ प्रकाशित
  • सम्बन्धित