सुर्खेत ।
सुर्खेतमा ब्राउनसुगर सहित २ जना पक्राऊ परेका छ्न् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका १० स्थित बुलबुले दक्षिण दिशाबाट बुधवार अन्दाजी ५ बजेको समयमा लागूऔषध बिक्री बितरण भइरहेको गोप्य सूचनाको आधारमा प्रदेश ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका १० बस्ने २० वर्षीय नगेन्द्र बडुवाल र सोही ठाउँ बस्ने २४ वर्षीय ललित सुनार रहेका छन् ।
उनीहरुलाई जाँच गर्न क्रममा अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ५ सय ३० पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
#drsnkbr#