जाजरकोटमा शिक्षकद्दारा बालिका माथि बलात्कारको प्रयास
  • विदुर न्युज

जाजरकोट ।

जाजरकोटको छेडागाड नगरपालिका ४ का एक शिक्षकले १६ वर्ष उमेरकी बालिका माथि बलात्कारको प्रयास गरेका छन् । छेडागाड नगरपालिका ४ को रामोदय माध्यमिक विद्यालयमा पढाउदै आएका अन्दाजी ४० वर्षका शिक्षक महेश थापाले सोही विद्यालयमा नौ कक्षामा पढ्ने १६ वर्षकी (नाम परिवर्तित) सम्झना बुढालाई हातपात गरि बलात्कारको प्रयास गरेको बालिकाले आरोप लगाएकी छिन् ।

सोही गाउमा २५ गते राती बालिकाको फुपुको विवाह थियो । आफ्नो फुपुको विवाहमा रमाइलो गर्न भनेर बालिका सोही विवाहको घरमा गएकी थिइन् । आफ्नै गाउको विवाह भएका कारण शिक्षक थापा पनि विवाहको घरमा आएको बालिका बताउछिन् । विवाहको समय भएको कारण रातभर नाचगान चरलिरहेको थियो । बिहानको करिब ४ बजे नाच्ने बेला एक्कासी शिक्षकले आफ्नो शरिरमा हात लगाएको बालिकाले बताएकी छिन् । उक्त घटना २६ गते बिहान घटेको थियो ।
आफ्नै शिक्षक भएका कारण सुरुमा नकारात्मक रुपमा आफूले नलिएको बालिका बताउछिन् । बालिकाले शिक्षकलाई आफ्नो शरीरमा हात नलगाउन आग्रह पनि गरिन् । तर शिक्षकले आफुनो छातीमा जबरजस्ती हात ल्याएको बालिकाकाृे भनाइ छ । शिक्षकले जबरजस्ती आफ्नो शरीरको संवेदनशील अंगमा हात लगाए पछि बालिका डर मानेर केही पर पुगिन् । त्यपछि बालिकाले आफ्नो घटनाको बारेमा अभिभावकलाई बताएकी थिइन् ।

त्यसपछि बालिकाका अभिभावकले यस्तो किन गरेको भनेर शिक्षकसंग जवाफ माग्दा शिक्षकले केटा लगाएर उनका आफन्तलाई पिटेको बालिकाको आरोप छ । त्यस झडपबाट बालिकाका अभिभावक गम्भिर घाइते भएपछि उपचारको लागि थलह ल्याउने क्रममा नै छेडागाड जीप दुर्घटना भएको हो । जसमा १२ जनाले ज्यान गुमाएका थिए ।
पिडित बालिका यतिबेला न्यायका लागि जिल्ला सदरमुकाम जाजरकोट आएकी छिन् । उनले दोषीलाई कार्वाहीको माग गर्दै जिल्ला अदालत जाजरकोटमा उजुरी दर्ता गरेकी छिन् । पुष ३ गते आइतबार बालिकाले आफै अदालतमा आएर केश दर्ता गराएकी हुन् । घटनाको छानबीन भइरहेको छ ।

  • ४ पुष २०७९, सोमबार ११:२३ प्रकाशित
  • सम्बन्धित