सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज ९पौष ३ गते, आइतबार० अन्तिम दिन रहेको छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज पौष ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको वार्षिक साधारण सभा पौष १४ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट बैंकका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४।७५ प्रतिशत बोनस सेयर र ०।२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसैगरी, सभामा बैंकलाई प्रभु बैंकले १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्नका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ ।
यसका साथै, आर्थिक वर्ष २०७८र७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा(नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९र८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ