जाजरकोट खलंगा बजार सुनसान
  • प्रकाश रोकाय

 प्रकाश रोकाय : यति बेला जाजरकोटको खंलगा बजार सुनसान देखिन्छ । दिनहु भिडभाड भइरहने खलंगा बजार मानिसको संख्या घटे सँगै सुनसान भएको हो । मंसिर ४ गते आइतबार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन हुदै छ । आफ्नो मताधिकार प्रयोग गर्न र रुचाएको नेतृत्व छनोट गर्नका लागि मतदाताहरु यति बेला घर फर्केका छन् । जाजरकोटमा सातवटा स्थानीय तह छन् । १ सय ४३ मतदान केन्द्र रहेको जाजरकोटमा प्रतिनिधि सभाको लागि एउटा मात्र क्षेत्र र प्रदेशका लागि दुई वटा क्षेत्र रहेका छन । चुनाबको माहोल तातिएसँगै गाँउघरमा मतदातामा रौनक छाएको छ । खलंगामा बसोवास गर्ने व्यक्तिहरु प्राय गाउबाट आएका हुन्छन् । सरकारी कर्मचारी, बिद्यार्थी र अन्य ब्यवसाय गर्दै आएका सबै चुनाब नजिकिए संगै भोट हाल्न गाँउघरमा फर्किएका छन । चाडपर्व र यस्ता विभिन्न अवसरमा खलंगा बजार सुनसान भएको हुन्छ ।

  • ३ मंसिर २०७९, शनिबार १३:४१ प्रकाशित
  • सम्बन्धित