जाजरककोटका चार जना युवा पैसा बाड्दै गर्दा पक्राउ
  • विदुर न्युज

जाजरककोटका चार जना युवा पैसा बाड्दै गर्दा पक्राउ

जाजरकोट ः जाजरकोट कुशे गाउँपालिको पैँकमा चार जना यूवाबाट ८४ हजार रुपैयाँ कब्जामा लिइएको छ ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार भेरी नगरपालिका २ का दुइ युवा र पैँकका दुइ स्थानीय युवाहरुबाट ८४ हजार रुपैयाँ कब्जामा लिइएको हो ।

स्वतन्त्र उम्मेदवार काग र सुर्यमा भोट हाल्न भन्दै पैसा बाँडिरहेको अवस्थामा कब्जामा लिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
ती युवाहरुको बारेमा खुलाइएको छैन । मौन अवधि सुरु भएदेखि मतदातालाई प्रभाव पार्ने खाले कुनैपनि अनैतिक कार्य गर्न पाइदैन । त्यस्तो गरेको पाइएमा निर्वाचन कार्यालयले कार्वाही गर्छ । तर चुनाव जित्नका लागि उम्मेदवारले पैसा परिचालन गर्दै आएको पाइन्छ ।

  • २ मंसिर २०७९, शुक्रबार २०:३९ प्रकाशित
  • सम्बन्धित