साँघुरिँदै घोडाघोडीको जैविक विविधता (फोटो फिचर)
  • विदुर न्युज

आज मे २२ अर्थात् जेठ ८ गते अन्तर्राष्ट्रिय जैविक विविधता दिवस। विभिन्न चेतनामूलक कार्यक्रम गरी दिवस मनाउने गरिए पनि केही वर्षयता जैविक विविधताका विषयमा जनचेतनामूलक कार्यक्रम सेलाउँदै गइरहेका छन्।

पुरानो पुस्ताले नयाँ पुस्तालाई वन, वातावरण र जैविक विविधताका विषयमा जानकारी गराउन चेतना जगाउन यस्ता दिवसको महत्त्व रहन्छ। पछिल्लो समय जनसङ्ख्या वृद्धिसँगै मानवीय गतिविधिले अन्तर्राष्ट्रिय रुपमा परिचित भएका जैविक विविधताका क्षेत्र साँघुरिँदै गएका छन्।

कैलालीमा पर्ने घोडाघोडी ताल पनि एक जैविक विविधताले महत्त्वपूर्ण सिमसार क्षेत्र हो। स्थानीय सरकार आएसँगै घोडाघोडी ताल क्षेत्रको भौतिक विकासमा जोड दिए पनि जैविक विविधताको संरक्षणका विषय भने छायामा पर्दै गइरहेको स्थानीयको गुनासो छ।

  • ५ श्रावण २०७९, बिहीबार २३:४८ प्रकाशित
  • सम्बन्धित