मनसुनका सौन्दर्य भ्यागुता (फोटोफिचर)
  • विदुर न्युज

मनसुन पानी पर्ने समय। तर, मनसुनमा कुन दिन पानी पर्छ भन्ने कुरा यत्तिकै ठ्याक्कै भन्न सकिँदैन। मौसमविद्ले वर्षाबारे पूर्वानुमानसहितको जानकारी दिने गर्छन्। तर, मौसमविद्बारे जानकारीसमेत नभएका हाम्रा किसानको सम्भावित वर्षाबारे थाहा पाउने तरिका भने फरक छ।

जब खेतमा ट्वाँर-ट्वाँर भ्यागुता कराउँछन् तब पानी पर्ने गरेको गाउँघरमा अडकलबाजी हुँदै आएको छ। ‘पानी पर्ने जस्तो भएमा भ्यागुता कराउन थाल्दछन्’, कैलारी गाउँपालिका-७ का रामदिन चौधरीले भन्नुभयो। ‘भ्यागुता कराएर पानी माग्ने गरेको हामीले विश्वास गर्दै आएका छौं’, आफ्ना पूर्खाहरुले यही विश्वासका साथ भ्यागुता कराएको बेला खेतीपातीको काम गर्ने गरेको उहाँले बताउनुभयो।

भ्यागुता कराएमा पानी पर्ने विश्वासकै कारण थारु समुदायका व्यक्तिले लामो खडेरी भएमा भ्यागुता बनेर हिलोपानीमा खेल्ने र कराउने गरेका छन्। आँगनमा पानी फालेर भ्यागुताझैँ उफ्री-उफ्री त्यसमा खेल्ने गरेको चौधरीले बताउनुभयो। ‘त्यस्तो गरेमा पानी पर्छ भन्ने मान्यता छ’, उहाँले भन्नुभयो।

 

 

  • ५ श्रावण २०७९, बिहीबार २३:४५ प्रकाशित
  • सम्बन्धित